४२ दिने शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया

Logo
विराटपथ मंगलबार, पुष १०, २०८०

काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले ४२ दिनको शिशुको हर्नियाको ल्याप्रोसकोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको छ। केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्निया भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको हो।

चाँगुनारायण नगरपालिका वडा नं. १ सरस्वती खेलका बसन्त खड्काको शिशुको हर्नियाको केएमसीका बाल रोेग विशेषज्ञ सर्जन डाक्टर आशिषलाल श्रेष्ठको टोलीले शल्यक्रिया गरेको हो। उपचारका लागि पौष २ गते भर्ना भएका शिशुको जन्मजात हर्निया भएको पाइएको थियो। शिशुलाई तत्कालै भर्नागरी भोलीपल्टै मिनिमल एसेस सर्जरीमार्फत हर्निया निकालिएको बालरोग सर्जन डाक्टर श्रेष्ठले बताए।

‘शिशुको जन्मजातै दुवैतर्फ हर्निया थियो। सामान्यतया साना शिशुहरुको शल्यक्रिया गर्नु ठूलै जोखिम हुने भएकाले हामीसँग भएको अत्याधुनिक मिनिमल एसेस सर्जरी प्रविधि अनुसार नाइटोको छेउमा ३ एमएमको २ वटा प्वाल पारेर अप्रेसन गरेका हौं अहिले बच्चाको अवस्था एकदम ठिक छ।’ डा. श्रेष्ठले भने ।

केएमसीका अनुभवी विशेषज्ञ स्वास्थ्य टोलीले बच्चाको सफलतापूर्वक शल्यक्रिया गरेपछि बाबु बसन्त खड्का एकदम खुसी छन् । ‘४२ दिनको बच्चाको कसरी अप्रेसन होला र भन्ने चिन्ता थियो । अप्रेसनमा लैजानु अगाडी डाक्टरहरुले स्वासप्रस्वासमा समस्या भए चिरेर भएपनि गर्नुपर्छ भन्नुभएकोले बच्चा बाँचेर फर्किने होकि हैन भन्ने चिन्ता थियो । तर, केही भएन, अप्रेसन सफल भयो ।’ बाबु खड्काले भने ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]