राष्ट्रियसभा निर्वाचनमा काँग्रेस कोशीबाट नाम सिफारिस

Logo
विराटपथ मंगलबार, पुष १०, २०८०

विराटनगर । राष्ट्रियसभा निर्वाचनको लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले सम्भावित उमेदवारको नाम सिफारिस गरेको छ। सिफारिसमा परेका उमेदवारहरुमा प्राय सबै केन्द्रीय तहका नेता रहेका छन्।
प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा विराटनगरमा बसेको बैठकले चुनावमा पराजित नेतालाई समेत उमेदवारमा सिफारिस गरेका छ। जिल्लागत रुपमा आएका सिफारिसलाई आधार बनाइ केन्द्रीय समितिमा नाम सिफारिस गरिएकाहरुमा पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, डा. मिनेन्द्र रिजाल र सूजाता कोइराला रहेका छन्।
आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचनको निर्वाचन हुँदैछ। प्रदेश समितिले पूर्वसांसद डिला संग्रौला, नेविसंघ पूर्वसभापति गुरुराज घिमिरे, नेताहरु उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको पनि नाम सिफारिस गरेको छ।
प्रदेश समितिले गत चुनाबमा पराजित भएका कृष्णप्रसाद सिटौला, सुजाता कोइराला, गुरुराज घिमिरेसहितको नाम सिफारिस गरेको छ। राष्ट्रियसभामा कोशीबाट काँग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीको पदाबधि सकिँदैछ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]