

उदयपुर । उदयपुर कटारी नगरपालिका ६ देउलीकुनाबाट ३८ किलोग्राम गाँजा सहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङ घर भई हाल उदयपुर ताप्ली गाउँपालिका १ बस्ने ३२ बर्षिय गणेश बहादुर मगर र ३३ बर्षिय बीर बहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
शुक्रबार राति साढे १ बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई १९ १९ किलोग्राम गाँजा बोरामा बोकी कटारी ल्याउँदै गरेको अवस्थामा फेला पारेको थियो। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भईरहेको छ प्रहरीले जनाएको छ।