स्वतन्त्र पार्टीले भन्यो, दसैंमा उपहार नलिनु

Logo
विराटपथ संवाददाता बिहिबार, कार्तिक ०२, २०८०

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीले दसैँमा उपहार नलिन आफ्ना नेता तथा सांसदलाई बिज्ञप्ति जारी गर्दै सजग गराएको छ ।

राजनीतिक पार्टी र राजनीतिकर्मी कुनैपनि उपहाको आकर्षण र प्रलोभनबाट टाढा रहनुपर्ने मान्यतामा सचेत रहेको जनाउँदै स्वतन्त्र पार्टीले विज्ञप्तिमा केन्द्रीय नेता र सांसलाई भनेको छ, ‘आफ्ना निकटतम परिवारजनबाहेक अन्य कुनै पनि व्यक्ति तथा संस्थाबाट कुनै पनि किसिमको उपहार नलिने ।’
रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा कूटनीतिक नियोगका अधिकारीहरूसँगको शिष्टाचार भेटमा आ आफ्नो मुलुकको पहिचान झल्काउने मायाको चिनो लिन दिन सकिने उल्लेख गरिएको छ।
त्यस्तै कुनै राष्ट्रिय अवसरमा कुनै व्यक्ति संस्था वा अन्तर्राष्ट्रिय नियोगहरूबाट सन्देशमूलक पत्र वा कार्ड वा सामान्य मायाको चिनो लिन दिन सकिने विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]