

विराटनगर । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ।
हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको थियो। सो लक्ष्य नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४ र कुशल भुर्तेलले ८ रन जोडे । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो।
हङकङका लागि यासिम मुर्तजाले अइजाज खानले सर्वाधिक ३६ रन जोडे भने जिसन अलीले १७ ।
हङकङमाथि नेपाली बलर हावी हुँदा करण केसीले एक्लैले ४ विकेट लिए। त्यस्तै अविनाश बोहोरा र सोमपाल कामीले २÷२ तथा कुशल मल्ल र मौसम ढकालले एक एक विकेट लिए।