विराटनगरको तुलसी सहरकारीका सिए चन्द पक्राउ

Logo
बुधबार, चैत्र ०८, २०७९

विराटनगर,  चैत ८ । विराटनगरको ठूलो सहकारीको रूपमा स्थापित तुलसी बहुमुखी सहकारीका थप एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका सिए शीतल चन्द रहेको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार यसअघि फरार रहेका चन्दलाई मंगलबार विराटनगरबाट पक्राउ गरिएको हो ।

विराटनगर महानगरपालिका- ३ मा मुख्य कार्यालय रहेको सहकारीको रकम अपचलन प्रकरणमा सहकारीका क्षेत्रीय प्रबन्धक मन्दीप खवास, उपाध्यक्ष अनिता गौतम र सचिब सविना न्यौपानेलाई पक्राउ गरिएको थियो । उनीहरूलाई ठगी मुद्दामा मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु भइरहेको डिएसपी दाहालले बताए ।

सहकारीका सञ्चालकहरूलाई पक्राउ गरेपछि उनीहरूविरुद्ध मोरङ प्रहरीमा ठगीमा उजुरी दिने बचतकर्ताको संख्या पनि बढेको छ । प्रहरीका अनुसार सोमबार साँझसम्म १ हजार २ सय ३७ जनाले ४८ करोड ४६ लाख रुपैयाँ ठगी गरेको भन्दै मोरङ प्रहरीमा उजुरी दिएका छन् ।

२०७१ मा स्थापना भएको तुलसी बहुमुखी सहकारीले बचतकर्तालाई आकर्षक ब्याज दिने भन्दै जम्मा गरेको रकम दिन आलटाल गरेपछि बचतकर्ता आन्दोलित भएका थिए । सहकारीमा भुक्तानी असन्तुलन भएका कारण यस्तो समस्या आएको सञ्चालकले बताउने गरेका छन् ।

सहकारी संस्थाका अध्यक्ष शर्मासहित आठ जना सञ्चालकविरुद्ध मोरङ प्रहरीले ठगी मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान थालेको छ । फरार अध्यक्ष शर्माको खोजी कार्य पनि प्रहरीले तिव्र बनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]