News flash

विराटपथ

मंगलबार, चैत्र ०७, २०७९

नेपाल खेलकुद महासंघ मोरङले राष्ट्रिय क्रिकेट टोलीका दुई सदस्यलाई सम्मान गरेको छ ।

मंगलबार सिनियर क्रिकेट टोलीका ललितनारायण राजवंशी र यु–१९ का दिपेशकुमार कँडेल नगद २५–२५ हजार रुपैयाँसहित सम्मानित भएका हुन् ।

विराटनगर महानगरपालिका– १४ घर भएका राजवंशीले नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट गराउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । ललितले विश्वकप लिग–२ शृंखलामा उत्कृष्ट बलिङ गरेका थिए।

यस्तै, केही दिन अगाडि यु–१९ क्वालिफाइड खेलमा सहभागी हुने दिपेश कँडेल पनि विराटनगरकै हुन् । विराटनगर–१४ निवासी उनले युएईको यु–१९ टोलीविरुद्ध ह्याट्रिक विकेट लिएर नेपाललाई यु–१९ विश्वकपमा छनोट गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

महासंघले ललितका बुबा–आमासहित नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशन सिंह ठकुरीलाई पनि सम्मान गरेको छ ।

ललित र दिपेश दुवैलाई महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले सम्मानपत्र प्रदान गरे । कार्यक्रममा बोल्दै बस्नेतले विराटनगरका दुई खेलाडीले अन्तर्राष्ट्रिय खेलजगतमा देशको नाम राख्न महत्त्वपूर्ण भूमिका निभाएको बताए ।

‘यो एउटा गौरवको विषय हो, उहाँहरूले नेपाली क्रिकेट जगतमा मात्र नभएर अन्तर्राष्ट्रिय जगतमै नेपालको नाम राख्न सफल हुनभयो,’ बस्नेतले भने, ‘उहाँहरूलाई सम्मान गर्न पाउनु खुसीको कुरा हो । खेल क्षेत्रको विकास गर्न, खेलाडीलाई प्रोत्साहन गर्न महासंघले भूमिका खेल्दै आएको छ । यसलाई हामी निरन्तरता दिइरहन्छौं ।’

ललित र दिपेशलाई विराटनगर महानगरपालिका र कोशी प्रदेश सरकारले पनि सम्मान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले जनही एक लाख ११ हजार र विराटनगर महानगरपालिकाले पनि एक लाख एक हजारसहित सम्मान गर्ने छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल