विराटनगर । विराटनगरमा हुने विराट गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ। शहीद रंगशालामा चैत्र ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने विराट गोल्डकपको तयारी पूरा भएको आयोजकले जनाएको छ।
विराट गोल्डकप ट्रष्टले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगितामा स्वदेश र बिदेशका गरि आठ टिमले सहभागिता जनाउने बताएको छ।
प्रतियोगितामा नेपालका विभागिय टोली शसस्त्र प्रहरीको एपीएफ, नेपाली सेनाको त्रिभुवन आर्मी, प्रहरीको नेपाल पुलिससहित संकटा, जावलाखेल र घरेलु विराटनगर सिटी क्लबले स्पर्धा गर्नेछन्।
त्यस्तै भारत केरलाको लुका सकर क्लव र भुटानको डुक लयुल फुटबल क्लबले समेत गोल्डकपमा दाबेदारी प्रस्तुत गर्नेछन् ।
प्रतियोगिता नौ दिनसम्म सञ्चालन हुनेछ । यस वर्षको बिजेता टिमले २० लाख १५ हजार नगद र उप–विजेताले १० लाख २५ हजार प्राप्त गर्नेछ । यसैगरी विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद २५ हजार पाउने छन् । प्लेयर अफ द म्याचलाई ११ हजार पुरस्कार दिईने छ ।