News flash

विराटपथ

सोमबार, चैत्र ०६, २०७९

विराटनगर महानगरपालिकाले नेपाली क्रिकेटरद्वय ललित राजवंशी र दिपेश कँडेललाई सम्मान गर्ने भएको छ ।

नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्‍याउने टोलीका सदस्य विराटनगर निवासी ललित र यु–१९ विश्वकप छनोटमा युएईविरुद्धको खेलमा ह्याट्रिक गरी नेपाललाई विजयी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने कँडेललाई महानगरपालिकाले सम्मान गर्ने भएको हो ।

महानगरपालिकाले उनीहरूलाई एक लाख एक हजार नगदसहित सम्मान गर्ने निर्णय गरेको महानगर प्रमुख नागेश कोइरालाले जानकारी दिएका छन् ।

यसअघि नै संघीय सरकारले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट गराउँदै ऐतिहासिक सफलता दिलाउने राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ।

यस्तै, सुदूरपश्चिम र मधेश प्रदेश सरकारले पनि आफ्नो प्रदेशबाट राष्ट्रिय टिममा परेका खेलाडीलाई नगदसहित सम्मान गर्ने घोषणा गरिसकेको छ ।

तर, कोशी प्रदेशले भने अहिलेसम्म आफ्नो प्रदेशबाट राष्ट्रिय क्रिकेट टिममा रहेका खेलाडीलाई पुरस्कृत गर्ने वा सम्मान गर्ने विषयमा औपचारिक कुनै निर्णय गरेको छैन ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल