विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको मतगणना सुरु भएको छ ।
सोमबार अपराह्नदेखि मतगणना सुरु भएको हो । क्याम्पसमा करिब नौ हजार विद्यार्थी अध्ययनरत छन्। तर कुल अध्ययनरत विद्यार्थी संख्याको ३५ प्रतिशत मात्र अर्थात् तीन हजार १६६ मत खसेको थियो ।
क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुबाट नवीन पहाडी, नेपाल विद्यार्थी संघबाट जसवन्त पौडेल र अखिल क्रान्तिकारीबाट रोहित यादव सभापतिका लागि प्रत्याशी छन् ।
सचिवमा अनेरास्ववियुबाट सनिम ठकुरी, नेविसंघबाट पूजा विश्वास र अखिल क्रान्तिकारीबाट आशिका लम्साल चुनाबी मैदानमा छन् । त्यसबाहेक अनेरास्ववियूबाट निर्मल भण्डारी, सरोज साहु र पेशल यादव पनि सचिव बन्ने दौडमा छन् ।
कोषाध्यक्षका लागि अनिशाकुमारी मोची, आरोग्य थापा, राकेशकुमार यादव, रोहित गौतम, स्वस्तिक बोहरा चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।