विराटनगर । समाज रुपान्तरण र विकासका लागि केही गर्ने सोच सानैदेखि थियो । अग्रजहरुले कम्युनिष्ट पार्टीमा लाग्ने सल्लाह दिनुभयो । कलिलो उमेर, सबै कुराको ज्ञान थिएन । २०६४ सालमा जानी नजानी नेकपा एमालेको भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (प्ररायुसंघ) मा आबद्ध भए ।
त्यो बेला प्ररायुसंघ मोरङको जिल्ला अध्यक्षमा रविन थापा हुनुहुन्थ्यो । युवा संघको विराटनगर वडा नं ३ को वडाध्यक्ष हुँदै मेरो राजनीतिक यात्रा शुरु भयो । विराटनगरमा एमालेबाट नयाँ उर्जाका साथ पर्शुराम बस्नेत उदाउनु भएको थियो । बस्नेतको निकट हुँदै मैले प्ररायुसंघको संगठन बिस्तारमा आफ्नो समय दिए । यो यात्रा विराटनगरमा मात्र सीमित थिएन । मेरो रातदिनको समय प्ररायुसंघ कै काममा बित्ने गर्थ्यो ।
राजनीतिक दौडधुपका क्रममा २०६६ सालमा प्ररायुसंघको विराटनगर नगर सचिव हुँदै क्षेत्र नं ६ को क्षेत्रीय अध्यक्ष हुने मौका पाए । यो अवधिमा मैले संगठनका लागि अहोरात्र समय दिए । घामपानी भनिन् । प्ररायुसंघको जिल्ला नेतृत्वमा पुग्ने अभिलाषा थियो । जिल्लामा बसेर काम गर्ने मन थियो । वडा तहदेखि नगर हुँदै क्षेत्र सम्हालेका अनुभव थियो । मैले प्ररायुसंघको जिल्ला सचिव हुने चाहना राखेका थिए । तर एमालेका जिल्ला नेतृत्वको इसारामा मलाई पाखा लगाउने काम भयो । संगठन कै साथीहरुलाई ताली पड्काएर सर्वसम्मतका नाममा मलाई किनारा लगाईयो । मलाई जबरजस्ती ओझेलमा पारियो । राजनीतिमा मलाई अबरोध सृजना गर्ने काम भयो । तर मैले समय आउला भने ।
त्यसपछि म प्ररायुसंघको राजनीतिबाट केही टाढा भए । तर एमाले कै साथीहरुले अखिल नेपाल किसान संघको घटक युवा किसान संघको मोरङ अध्यक्ष बनाउनु भयो । जिल्लामा पार्टी भित्र गुट थियो नै, युवा किसानका अध्यक्ष बनाउन अर्को गुटले आग्रह गरेको थियो । जुन गुट भएपनि पार्टी र संगठन कै हितमा काम गर्ने भनेर लागि परे । त्यसको केही समय बित्न नपाउँदै अर्को गुटले २०७३ सालमा युवा संघ नेपालको युथफोर्संको जिम्मेवारी सम्हाल्न आग्रह गर्यो । युथफोर्स प्रभावकारी भएकाले मैले युथफोर्स मोरङको संयोजकको जिम्मेवारी सम्हाले । त्यो बेला बिकृति, बिसंगतिका बिरोधमा केही राम्रा काम समेत गरे ।
अघिल्लो स्थानीय तहको निर्वाचनको केही दिन अघि म माथि सांघेतिक हमला भयो । चुनावको प्रचारप्रसार ब्यापक थियो । विराटनगर ३ मा करिब ८ जनाको संख्यामा आएका अज्ञात ब्याक्तिहरुले मलाई आक्रमण गरेका थिए । पार्टीका जिम्मेवार नेतालाई यसबारे राम्रोसँग ज्ञात थियो । तर पार्टीले यसबारेमा कुनै चासो लिएन् । एमालेका जिम्मेवार नेताले यसलाई हल्का तवरले सम्झिए । त्यसपछि भने मलाई मन दुख्यो । जुन संगठनमा मैले समय दिए, पसिना बगाए, त्यहि संस्थाले आफुमाथि बेवास्ता गर्दा आफुलाई एक्लो ठाने त्यसपछि म, मेरो भबिश्य खोज्दै काठमाण्डौ पुगे ।
काठमाण्डौमा केही सोच हुँदै गर्दा फेरि एमालेका नेता पर्शुराम बस्नेत मेरो सम्पर्कमा आउनुभयो । वहाँले काठमाण्डौ मै केही गर्नुपर्ने सुझाव दिनुभयो । त्यसपछि एमाले नेता महेश बस्नेत र पार्वत गुरुङ सल्लाहकार रहेको अखिल नेपाल बैदेशिक रोजगार पीडित तथा परामर्श महासंघको केन्द्रीय महासचिव भएर केही समय बिताए र सो महासंघमा रहँदा करिब ४ हजार नेपाली युवाहरुको हकहितका लागि काम गरे । बैदेशिक रोजगारीमा दुःख पाएका धेरैलाई उद्धार गर्ने काममा सहयोग गरे । त्यसपछि भने आफ्नै शैक्षिक परामर्श संस्था खोलेर काम गर्दागर्दै कोरोना महामारीको चपेटामा परे ।
त्यसपछि म फेरि विराटनगर फर्किए । अब भने रोजगारीतर्फ मैले ध्यान दिए । दाई विमल भट्टराईले आफ्नै ठाँउमा केही गर्नुपर्छ भन्ने सल्लाह दिनुभयो । म बशिष्ठ डेभलोभपर्समा आबद्ध भए । तर पनि राजनीति नशाबाट छुटेको थिएन । युवासंघ मै आबद्ध केही नेताहरु संघसँग असन्तुष्ट हुनुहुन्थ्यो, खासगरि पर्शुराम बस्नेत लगायतको टिम । त्यहि टिमले नेपाल खेलकुद महासंघ स्थापना गरेको थियो । महासंघले मलाई केन्द्रीय सचिवालय र विराटनगर महानगरपालिकाको नगर इन्चार्जको जिम्मेवारी दियो । म त्यसमा आबद्ध भएर काम गर्दै थिए ।
तर खेलकुद महासंघमा पनि सन्तुष्ट हुने ठाँउ रहेन् । एकाअर्काको रिसरागले खोलेको संगठन जस्तो लाग्यो । नयाँ शक्ति बनाउने त कता हो कता, युवाहरुलाई नै भड्काउने र एउटा कोठाबाट अर्को कोठामा डेरा सरे जस्तो मात्र आभाष हुन थाल्यो । तनमनले काम गर्दा समेत शंकाको दृष्टिकोणले हेर्न थालियो । आफ्नै संगठन, आफ्नै साथीभाई फेरि गुटगुटमा बिभाजन भएको आभाष हुन थाल्यो । म विमलदाई सँग नजिक थिए । वहाँ नेपाली कांग्रेसको क्षेत्र नं ६ को क्षेत्रीय सदस्य पनि हुनुहुन्छ । वहाँको सल्लाहसँग तरुण दलका युवा नेता रिर्चड गौतम र कांग्रेस विराटनगर नगर सभापति दीपक चापागाईको सल्लाहमा अन्नत म लगायत ७१ जनाको टिम नेपाली कांग्रेसमा प्रवेश गर्यौ ।
(प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति शेरवहादुर देउवाबाट बैशाख २१ गते कांग्रेस प्रवेश गरेका निरौलासँगको कुराकानीमा आधारित)