News flash

विराटपथ

सोमबार, बैशाख २६, २०७९

विराटनगर । यो प्रचण्ड गर्मी । अरु बेला भन्दा गर्मीको बेला खानेपानीको माग ज्यादा हुनु स्वाभाविक हो । दुहबी नगरपालिकामा अहिले खानेपानीको माग ज्यादा नै रहेको छ । तर नागरिकको धारामा पिउनका लागि योग्य पानीको सट्टा अस्वस्थकर पानी जान थालेपछि स्थानीय पीडित बनेका छन् ।
स्वभाविक नागरिकको पिउँने पानी पहिलो आबश्यक्ता हो । खानेपानी नै अस्वस्थ्य भएपछि तपाईले कसलाई गुहार्ने, सम्बन्धित निकाय वा त्यो निकायसँग सरोकार राख्ने पदाधिकारीहरु । तर दुहबी खानेपानी योजना मूल उपभोक्ता समितिका सम्बन्धित पदाधिकारी नै यस बिषयमा बेखबर बनेपछि स्थानीयबासी आक्राशित बनेका छन् ।
स्थानीयबासीका अनुसार दुहबी नगरपालिका ४ मा रहेको खानेपानी योजनाले वितरण गर्ने पानीमा बालुवा र माटो मिसिएर घर घर पुग्ने गरेको छ । खानेपानीलाई प्रशोधन गरेर पिउँन योग्य भएपछि उपभोक्ता घर घरमा वितरण गर्नुपर्ने हो । तर हेर्दा खेरि नै पानी पिउँन योग्य नभएपछि उपभोक्ताले सामाजिक सञ्जालबाट समेत त्यसको बिरोध गरेका छन् ।
उनीहरुले उपभोक्ता समितिका अध्यक्ष तेजनारायण रौनियार आफ्नो पदीय जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाएका छन् । रौनियार बिगत ८ बर्षदेखि सो समितिको अध्यक्ष छन् । करिब २ महिना पहिले उनी नेकपा एमालेमा प्रवेश गरेका थिए । एमाले प्रवेश गरेपछि वडाध्यक्षको टिकट पाएका रौनियार अहिले चुनावी प्रचार प्रसारमा छन् ।
‘पदमा भएको ब्याक्तिले आफ्नो पद अनुसारको काम गनुपर्ने हो । जनता फोहोर पानी खान बाध्य छन् । अध्यक्षलाई मतलब छैन ।’ स्थानीय रोशन कार्कीले भने, ‘भएको पदको जिम्मेवारी पुरा नगर्नेले अब थप अन्य के जिम्मेवारी पुरा गर्लान ।’
स्थानीय राम राईले समेत सामाजिक सञ्जालमा दुखेसो पोखेका छन् । उनले योजनाको पम्प र फिल्टर मेशिन बिग्रदा जनताले दुख पाएको भन्दै आयोजनाका कर्मचारीबाट १५ मिनेट धारा खुल्ला छोडिदिए पछि सफा पानी आउँछ भन्ने जवाफ पाएको बताए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल