News flash

विराटपथ

बिहिबार, बैशाख २२, २०७९

विराटनगर । नेकपा एमाले बेलाबारीले वैशाख ३० गते हुने निर्वाचनका सन्दर्भमा पार्टीको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । पार्टीबाट मेयरका उम्मेदवार डिवी राईले सो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै बेलबारीलाई समृद्ध नगरपालिका बनाउने दृढता व्यक्त गरे ।
राईले आफूले नगरको नेतृत्व पाएपछि बेलबारीलाई सफा, सुन्दर र हरियाली नगर बनाउने कार्ययोजना आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् । उनले आफूले कार्यान्वयन गर्ने कार्यक्रममा राईले नीति, कानून र योजना कार्यान्वयनमा जोड दिने जनाएका छन् ।
प्रतिवद्धता पत्रमा शिक्षा, जनस्वास्थ्य, सडक यातायात, ढल निकास, कृषिको विकास, वन तथा वातावरण संरक्षण, सामाजिक सुरक्षा लगायतका विषयहरूलाई प्राथमिकतामा राखिएको छ ।
पर्यटन नगरीको रुपमा बेलबारीको विकास गर्ने कुरा उल्लेखित प्रतिवद्धता पत्रमा वहुसाँस्कृतिक सङ्ग्राहलय निर्माणको कुरा पनि समेटिएको छ ।
उल्लेखित विषयहरूलाई आर्थिक, प्राविधिक र संरचनागत रुपमा अत्याधुनिक ढङ्गले सञ्चालन गरी जनतालाई उचित परिणाम दिलाउने कुरा घोषणा पत्रमा उल्लेख गरिएको छ ।

 

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल