News flash

विराटपथ

बिहिबार, बैशाख २२, २०७९

विराटनगर । आसन्न स्थानीय तहको निर्वाचन अन्तर्गत मोरङको कटहरी गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष र उपाध्यक्षसहित सबै पदका उम्मेदवार मतदाताको घर घरमा पुगेका छन् । कटहरीमा कांग्रेसले अन्य दलसँग गठबन्धन गरेको छैन ।
आगामी बैशाख ३० गते स्थानीय चुनाव हुँदैछ । कटहरी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्षका उमेदवार देवराज चौधरीले चुनावी प्रचार अभियानलाई तिव्रता दिएको बताए । उनले भने, ‘विकास निर्माण साथै जनताको आवश्यकताअनुसार हामी काम गर्ने योजनासाथ अघि बढेका छौ ।’ चौधरीले आदिवासीको बाहुल्यता रहेको कटहरीमा स्थानीय आबश्यकता र मागअनुसार विकास निर्माणका काम अघि बढाइने बताए ।
गाउँपालिकामा घरदैलो अभियानमा ब्यस्त रहेका उनले आफुले जितेर आएपछि गाउँबासीले महसुस गर्ने गरि काम गर्ने बताए । उनले विकास निर्माण साथै स्वास्थ्य शिक्षामा क्षेत्रमा जनतालाई प्रत्यक्ष लाभ हुने खालक काम गर्ने प्रतिबद्धता गरे ।
अध्यक्षका उम्मेदवार चौधरीले गाउँपालिकामा सञ्चालन भएका पुरा नभएका योजनाहरु पूरा गरिने बताए । उनले भने, ‘जनतासंगको छलफलमा आगामी योजनाहरु ल्याउने छु । सबै नगरबासीहरुसम्म स्वास्थको पहुँच पुर्याउने छु ।’

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल