News flash

विराटपथ

बिहिबार, बैशाख २२, २०७९

विराटनगर । मोरङको सुन्दरहरैंचामा फेला परेको शंकास्पद बस्तु भित्र ढुंगा र पर्चा भेटिएको छ ।
सुन्दरहरैचा वडा नम्बर – ११ शुक्रबारेमा प्रेसरकुकरमा तारले बेरेको अबस्थामा शंकास्पद बस्तु फेला परेको थियो । बाहिरबाट बम जस्तो लाग्नु प्रेसरकुकर भित्र ढुंगा र पर्चाका सामाग्री फेला परेको प्रहरीले जनाएको छ । स्थानीय जीवनाथ ढकालको घर पछाडी सो बस्तु फेला परेपछि उनको परिवारले प्रहरीलाई खबर गरेका थिए । ढकाल नेकपा एमालेको तर्फबाट सुन्दरहरैचा नगरपालिका वडा नं ११ का वडा सदस्यका उम्मेदवार हुन ।
शंकास्पद वस्तु भएको स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको थियो । सेनाको टोलीले त्यस बस्तुलाई निष्कृय बनाउने क्रममा उक्त सामाग्री भेटिएको प्रहरीले जनाएको छ । कुकर भित्र माओवादी क्रान्त्रिकारीको पर्चा भेटिएको थियो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल