विराटनगर । मोरङको सुन्दरहरैंचामा शंकास्पद बस्तु फेला परेको छ । सुन्दरहरैचा वडा नम्बर – ११ शुक्रबारेमा प्रेसरकुकरमा तारले बेरेको अबस्थामा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ । त्यहाँ निर्वाचन बिरोधी पर्चा समेत फेला परेको छ ।
स्थानीय जीवनाथ ढकालको घर पछाडी सो बस्तु फेला परेपछि उनको परिवारले प्रहरीलाई खबर गरेका थिए । ढकाल नेकपा एमालेको तर्फबाट सुन्दरहरैचा नगरपालिका वडा नं ११ का वडा सदस्यका उम्मेदवार हुन ।
शंकास्पद वस्तु भएको स्थानमा ईलाका प्रहरी कार्यालय बेलबारीको टोली पुगेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको छ ।