News flash

विराटपथ

शुक्रबार, चैत्र ०७, २०७६

विराटनगर । प्रदेश १ सरकारले सार्वजनिक स्थलमा लाग्ने हाटबजार र बनभोज जस्ता कार्यक्रममा रोक लगाएको छ । नोभल कोरोना भाइरस रोकथाम, प्रतिरक्षा र उपचार ब्यवस्था सम्बन्धी प्रदेश निर्देशन समितिको शुक्रबार बसेको बैठकले बिभिन्न निर्णय गर्दै नेशनल ट्रेडिङ लिमिटेडको भवनमा १० बेडको भेन्टिलेटर सहित ५० बेडको अस्पताल निर्माण गर्ने जनाएको छ । सो अस्पताल एक हप्ता भित्र तयार हुने जनाइएको छ ।
मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको सो बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलज्यूको संयोजकत्वमा गठित कोभिड– १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णय कार्यान्वयन गर्ने समेत जनाएको छ । बैठकले प्रदेश १ अन्तर्गतका प्रमुख नाकाहरु नेपाल सरकारसँग समन्वय गरी बन्द वा व्यवस्थित गर्ने, साना नाकाहरुमा आवतजावतमा कडाइ गर्ने र तत्काल साना नाकाहरु बन्द गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
प्रदेशस्थित सबै सरकारी, गैह्र सरकारी निकाय तथा नीजि अस्पताल र डिर्पाटमेन्ट स्टोरहरुमा पानी र साबुनको व्यवस्था गर्न निर्देशन दिने, मानिसहरुको बढी जमघट हुने मेला, हाटबजार तथा बनभोज जस्ता क्षेत्रमा यस पूर्व गरिएको निषेधलाई निरन्तरता दिने निर्णय गरेको छ । प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरु तथा यातायात सेवा कार्यालयहरुबाट सम्पादन हुने सेवाहरु (दर्ता, नविकरण, सवारीचालक अनुमतिपत्र) चैत्र मसान्तसम्मका लागि बन्द गर्ने निर्णय समेत गरिएको छ ।
बैठकले भन्सार बिन्दुबाट नेपालको नजिकैको सहरमा सुबिधामा आउने भारतीय सवारी साधनहरु नियन्त्रण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत अर्थ मन्त्रालयमा अनुरोध गर्न सिफारिस गर्ने निर्णय गर्दै प्रदेश स्तरमै मेडिकल प्रयोगशाला स्थापना गर्न गृहकार्य शुरु गर्ने जनाएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल