News flash

विराटपथ

बुधबार, बैशाख २१, २०७९

विराटनगर । नेकपा एमाले विराटनगरले वैशाख २४ गते वृहत् चुनावी भेला गर्ने भएको छ । भेलालाई पार्टी अध्यक्ष तथा निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका हुन् ।
एमाले मोरङ निर्वाचन परिचालन कमिटीका संयोजक एवं केन्द्रीय सदस्य विनोद ढकालका अनुसार स्थानीय जैन भवनमा आयोजित पार्टीको विराटनगर महानगरस्तरीय चुनावी भेलामा १९ वटै वडाका उम्मेदवार तथा कम्तिमा पाँच हजार कार्यकर्ताहरुको सहभागिता रहने छ ।
सोही दिन अध्यक्ष ओलीले मोरङको सुन्दरहरैंचा र सुनसरीको इटहरीलगायत अन्य विभिन्न पालिकाहरुमा हुने कार्यक्रमहरुलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओली अपरान्ह विराटनगरका उद्योगी व्यवासायी, नागरिक अगुवा तथा वुद्धिजिवीहरुबीच चुनावी परामर्श गर्नेछन् । ओली वैशाख २५ गते बिहान काठमाण्डौ फर्किने कार्यक्रम रहेको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल