विराटनगर । बैशाख १७ गते इलामको इलाम नगरपालिका ८ मा भएको हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
ईलाम नगरपालिका–८ कि ३१ बर्षीया बिनिता काफ्लेको हत्या आरोपमा संलग्न भएको आरोपमा स्थानीय ४२ बर्षीय देवेन्द्र रिमाललाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरेको हो । इलाम नगरपालिका –८ सिङफ्रिङ बेलडाँडामा काफ्लेको शव फेला परेको थियो । टाउको र शरिरका बिभिन्न भाग छुट्टाछुटै भई खाल्डोमा पुरिएको अवस्थामा काफ्लेको शव फेला परेको प्रहरीले जनाएको छ ।
शव फेला परेसँगै अनुसन्धानको क्रममा प्रहरीले रिमाललाई पक्राउ गरेको थियो । काफ्ले र रिमालबीचमा घनिष्ठ सम्बन्ध रहेको खुलेसँगै रिमाललाई पक्राउ गरिएको थियो । पक्राउ परेका रिमालले आफुले हत्या गरेको स्वीकार गरेका छन् ।
यसैगरि देउमाई नगरपालिका–७ का ४५ बर्षीय सन्तोष बाला राईको हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १५ गते स्थानीय स्वास्थ्य चौकीबाट कोरोनाको खोप लगाई फर्कदै गरेका राईको हत्या भएको थियो । अनुसन्धानमा जुटेको प्रहरीले हत्यामा संलग्न भएको आरोपमा २ जनालाई पक्राउ गरेको हो ।
ईलाम प्रहरीले पक्राउ पर्नेहरुमा देउमाई नगरपालिका –७ चुलिगाउँका २३ बर्षीय भुपेन राई र निजकै भाई २० बर्षीय श्रीचन्द्र राई रहेको जनाएको छ । उनीहरुले कोरोनाको खोप लगाई घर फर्कदै गरेका राईलाई बाटोमा सामान्य बादबिबादकै क्रममा अन्धाधुन्द कुटपिट गरी हत्या गरेको थिए ।