जिम्बाब्बे ए बिरुद्ध नेपालको सानदार जीत

Logo
बुधबार, बैशाख २१, २०७९

विराटनगर । नेपालले जिम्बाब्बे ए बिरुद्ध सानदार जीत हासिल गरेको छ । बुधबार सम्पन्न नेपाल र जिम्बाब्बे ए टिमबीचको अन्तिम टी–२० क्रिकेटमा नेपालले जिम्बाब्बेलाई ८ विकेटले पराजित गरेको छ ।
यससँगै तीन टी–२० खेलको सिरिज १-१ को बराबरी भएको छ । पहिलो खेल जिम्बाब्बे ए ले जितेको थियो भने दोस्रो खेल वर्षाका कारण प्रभावित हुँदा स्थगित भएको थियो ।
त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम खेलमा जिम्बाब्बेले पहिले ब्याटिङ गर्दै १३६ रन बनाएको थियो । जितको लागि १३७ रनको लक्ष्य पाएको नेपालले १५.५ ओभरमा २ विकेट गुमाएर जीत निकालेको थियो । नेपालको जितमा ओपनर ब्याटर आसिफ सेखले १३ चौका र १ छक्काको मद्दतमा अविजित ८७ रन बनाए ।
कुशल भुर्तेलले ३४, बसिर अहमदले १५ बनाए । दीपेन्द्र सिंह ऐरी भने शून्यमा अविजित रहे । जिम्बाब्बेका लागि ल्युक जङ्वे र बान्डन मुबर्तेले १/१ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रन बनाएको थियो । ब्याटिङमा चौथो नम्बरमा आएका रोय कियाले सर्वाधिक ४९, इनोसेन्ट कायले १४, तडिवान्से मरुमानीले २७ र ल्युक जङ्ग्वेले २२ रन बनाए ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]