सत्ता गठबन्धन राष्ट्रिय आबश्यक्ता
विराटनगर । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसबाट विराटनगरका लागि मेयर पदमा उम्मेदवारी दिएका नागेश कोइरालाई भोट हाल्न अपिल गरेका छन् ।
बुधबार नेपाली कांग्रेस मोरङले विराटनगरमा आयोजना गरेका चुनावी आमसभामा बोल्दै सभापति देउवाले कांग्रेसका उम्मेदवार नागेश कोइराला र गठबन्धनबाट उपमेयरमा उम्मेदवारी दिएका जसपा अमरेन्द्र यादवलाई भोट दिन आग्रह गरे ।
‘गठबन्धनले जित्नुपर्छ । कांग्रेसले जित्नुपर्छ । नागेश कोइरालालाई भोट दिनुहोला ।’ देउवाले भने, ‘गठबन्धनबाट उपमेयरमा उठ्नु भएका अमरेन्द्रलाई छाता चिन्हमा भोट हाल्नुहोला । यो देश पहाडी मधेशी सबैको हो । सबै मिलेर देश बनाउनुपर्छ ।’
सभामा बोल्दै देउवाले अहिलेको सत्ता गठबन्धनलाई राष्ट्रिय आबश्यक्ता भएको बताए । उनले प्रजातन्त्रलाई सुढृड गर्ने उद्धेश्यले नै अहिलेको गठबन्धन बनेको दावी गरे ।
‘ओलीजीको शासनकाल हेरिहाल्नु भयो । मलाई प्रधानमन्त्री बन्ने चाहना थिएन । सबैको आग्रहले प्रधानमन्त्री बनेको हो ।’ प्रधानमन्त्री देउवाले भने, ‘अहिले हर्नोस, डरत्रास केही छैन । पत्रकार लेख्न डराउथे । अहिले त्यस्तो छैन ।,
आफ्नो पार्टीको बहुमत नभएको अबस्थाम सत्ता सम्हालेको चर्चा गर्दै देउवाले त्यस्तो अबस्थामा सत्ता सम्हालेर अघि बढेको बताए । उनले भने, ‘धेरैका स्वार्थ होलान्, कांग्रेसले कसैलाई धोका दिदैनन् । कुनै हालतमा धोका दिदैनन् ।’
विराटनगर जननायक बीपी कोइराला, नेता गिरिजाप्रसाद कोइरालाको भूमि भएको बताउँदै उने यस स्थानको विकासका लागि सरकारले सहयोग गर्ने बताए । उनले ऐतिहासिक विराट राजाको दरवारको उत्खन्नका लागि पुरात्वक बिभागपनि निर्देशन दिने बताए ।
स्थानीय तह, तह मात्र नभएर स्थानीय सरकार समेत भएको प्रष्टाउँदै देउवाले स्थानीय तहलाई बिस्तारै बिस्तार सम्पूर्ण अधिकार दिने प्रष्ट पारे । उनले स्थानीय तहले आफ्नो क्षमता बृद्धि गर्दै अधिकार प्रयोग गर्नुपर्ने धारणा राखे ।