News flash

विराटपथ

बुधबार, बैशाख २१, २०७९

विराटनगर । नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभा शुरु भएको छ । केही बेर अघि मात्र हेलिकप्टरबाट पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विराटनगर आएपछि चुनाबी सभा शुरु भएको हो ।
चुनावी सभामा बरिष्ठ नेता रामचन्द्र पौडेल, डा.शेखर कोइराला, डा.मिनेन्द्र रिजाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चुनावी सभामा केन्द्रीय नेताले बोल्ने क्रम शुरु भएको छ ।
सभामा बोल्दै कांगेसका केन्द्रीय सदस्य अमृत अर्यालले नेपाली कांग्रेसले खडा गरेका उम्मेदवारले विराटनगरलाई काँधमा बोकेर हिड्न सक्ने शक्ति राख्ने बताए । उनले कांग्रेसबाटै विकास सम्भंव भएको जीकिर गरे ।
त्यस्तै विराटनगरका निवर्तमान मेयर तथा केन्द्रीय सदस्य भीम पराजुलीले विराटनगरको विकासमा केपी ओलीको सरकार बाधक भएको बताए । उनले विराटनगरका बिभिन्न योजनामा ओलीको सरकारले बजेट कटौती गरेको बताए ।

 

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल