देश दौडाहामा प्रधानमन्त्री, आज विराटनगरको कार्यक्रमलाई सम्बोधन गर्ने

Logo
बुधबार, बैशाख २१, २०७९

विराटनगर । स्थानीय तहको चुनावी प्रचारका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देश दौडाहामा निस्किेका छन् । देउवा आज विराटनगरमा हुने कार्यक्रममा सहभागी हुनेछन् ।
कांग्रेसले आज विराटनगरको पुष्पलाल चोकमा चुनाबी आमसभाको आयोजना गर्दैछ । चुनावी सभामा पार्टी अध्यक्ष देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा.शेखर कोइराला लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । देउवा दिउँसो १२ बजे हेलिकप्टरबाट विराटनगर आउँदैछन् ।
कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले बुधबारदेखि २६ वैशाखसम्मको कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । ती सबै कार्यक्रममा देउवा लगायत शिर्ष नेताले सम्बोधन गर्नेछन् । कांग्रेसले २२ गते चितवनको भरतपुरमा, २३ गते काठमाडौं, २४ गते बुटवल, २४ गते तनहुँको दमौली र धनुषाको जनकपुरमा चुनावी सभाको आयोजना गरेको छ । २५ गते पोखरा र तुलसीपुर, २६ गते कैलालको धनगढीमा र २७ वैशाखमा डडेलधुरामा चुनावी सभा आयोजना गरेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]