विराटनगर । राष्ट्रिय सूचना आयोगको पूर्व आयुक्त एंव सञ्चारकर्मी यशोदा तिम्सिना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावी सभामा सहभागी भएकी छन् । मंगलबार पर्साको वीरगञ्जमा आयोजित राप्रपाको कार्यक्रममा उनले सहभागी हुँदै सम्बोधन समेत गरेको थिइन् । तिम्सिना एमाले निकट हुन ।
राप्रपा स्रोतका अनुसार उनी पार्टी प्रवेशको अन्तिम तयारीमा छन् । ‘चुनावी कार्यक्रममा सहभागी बन्नुभयो । कार्यक्रमलाई सम्बोधन समेत गर्नुभयो ।’ स्रोतले विराटपथलाई भन्यो, ‘वहाँ पार्टी प्रवेशको अन्तिम तयारीमा हुनुहुन्छ । शायद केही दिनमा प्रवेश गर्नुहुन्छ ।’
राप्रपाको सो कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनमा मतदान गर्दा मतदातालाई सोचविचार गर्न आग्रह गरेका छन् ।
लिङ्देनले स्थानीय तह निर्वाचनमा राप्रपाले जितेको ठाउँलाई नमुना बनाएर देखाउने प्रतिबद्धता जनाए ।