News flash

विराटपथ

मंगलबार, बैशाख २०, २०७९

विराटनगर । नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार सागर थापा र शिल्पा निराला कार्कीले साक्षात्कार गरेका छन् ।
प्रेस चौतारी मोरङको संयोजनमा मंगलबार साँझ भएको सो कार्यक्रममा दुवै पदका उम्मेदवारले आफुहरुलाई सहयोगका लागि अपिल गरेका थिए । विराटनगरमा उपलब्ध पत्रकारसँगको भेटमा मेयरका उम्मेदवार सागर थापाले आफुलाई खबरदारीसँगै सहयोगको अपेक्षा रहेको बताए ।
‘निर्वाचनको दिनसम्म तपाईहरुले मलाई सकारात्मक सहयोग गर्नुहुनेछ भने निर्वाचन जिते पश्चात आफुलाई आउट अफ ट्रयाक जानबाट रोक्न खबरदारी गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु ।’ पत्रकारहरुसँग थापाले भने, ‘म तपाईहरु भन्दा फरक छैन, तपाई कलमले समाज परिवर्तन गर्ने आन्दोलनमा हुनुहुन्छ । म देखेर र बोलेर परिवर्तन गर्ने आन्दोलनमा छु । विराटनगर बनाउने अभियानमा छु ।’
त्यस्तै उपमेयरको उम्मेदवार कार्कीले आफु को भन्ने परिचय दिइरहन आबश्यक नरहेको बताउँदै आफु जितेको खण्डमा पत्रकारहरुको सहयोगका लागि सदैव क्रियाशिल हुने बताइन् ।
कार्यक्रममा एमाले नेता बिनोद ढकालले विराटनगरलाई साच्चै नै प्रदेशको राजधानी बनाउने योजना एमालेसँग रहेको भन्दै सकारात्मक सहयोगका लागि पत्रकारलाई आग्रह गरेका थिए ।

 

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल