News flash

विराटपथ

मंगलबार, बैशाख २०, २०७९

सुनसरी । इनरुवा नगरपालिका वडा नम्बर ३ बाट वडाध्यक्षका उम्मेदवारी दिएका पर्शुराम चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । चौधरीले जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवारी दिएका थिए ।
मंलगबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीब कोइरालाले चौधरीलाई पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश गरेका चौधरीले आफुले कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवारी दिएका रोसनकुमार खड्कालाई सहयोग गर्ने बताउँदै बाँकी राजनीतिक जीवनमा कांग्रेस मै समर्पित गर्ने बताए । प्रवेश कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य कोइरालाले चुनावमा कांग्रेसका उम्मेदवारलाई जिताउन सबैलाई आग्रह गरे ।
सो वडाबाट वडा सदस्य पदमा कांग्रेसबाट उम्मेदवार दिएका राकेश निरौलाले चौधरीसँगै उनको टिम नै कांग्रेसमा प्रवेश गरेको विराटपथलाई बताए ।

 

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल