News flash

विराटपथ

मंगलबार, बैशाख २०, २०७९

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीले एउटा निर्णय गरिसकेपछि त्यसलाई सहर्ष स्वीकार गरेर जानुपर्ने बताएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकाका उम्मेदवारसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टीभित्र आन्तरिक रूपमा आफ्ना विचार भएपनि पार्टीको निर्णय मान्नुपर्ने बताएका हुन् ।
सुन्दरहरैंचाका कतिपय वडामा आफ्नै पार्टीबाट स्वतन्त्र रूपमा नै बागी उम्मेदवार खडा भएको बताउँदै यस्ता उम्मेदवालाई पार्टीले कारबाही गर्ने बताए । ‘नेपाली कांग्रेसको विधानमै स्पष्ट रूपमा उल्लेख रहेको छ, बागी उम्मेदवारका साथै समर्थक र प्रस्तावकलाई कारबाही गर्ने भन्ने, पार्टीले त्यसै अनुसार कारबाही गर्छ ।’ उनले भने, ‘जो ती उम्मेदवारको पछि लाग्छ उनीहरूलाई नि नोटिसमा राख्नुपर्छ ।’
नेता कोइरालाले सुन्दरहरैंचामा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिए । ‘टिकट कसले पायो के ग¥यो छोड्नुस, यहाँ देवराजजीले पनि त मेयरमा पाउनुभएन ।’ उनले भने, ‘अब हामीले रुख चिन्हलाई विजयी गराउन तर्फ लाग्ने हो ।’
अन्तरक्रिया कार्यक्रममा सहभागी उम्मेदवारहरुले आफ्नो वडाका गतिविधि प्रस्तुत गरेका थिए । उनीहरुले सबै वडामा कांग्रेसको जीत सुनिश्चित रहेको ब्रिफिङ गराएका छन् । उम्मेदवारविरुदै पनि षड्यन्त्र भइरहेको भन्दै त्यस्ता अराजक व्यक्तिहरूलाई पार्टीले तुरुन्त कारबाही गर्नुपर्ने भन्दै सहभागीले जोड दिए ।
कार्यक्रममा नेपाली काँग्रेस मोरङ क्षेत्र नं ६ का क्षेत्रीय सभापति देवराज तामाङ सचिव जितेन्द्र गोल्छा, महाधिवेशन प्रतिनिधि निरञ्जनप्रसाद रिजाल, क्षेत्र ६ क’ का सभापति दीपक भगत लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल