विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा विराटनगरका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–१५ का महेन्द्र धाडेवाका २४ वर्षीय छोरा रत्नेश धाडेवा रहेका छन ।
सुनसरीको बर्जुमा मे१०प ६८१५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रत्नेश गम्भीर घाइते भएका थिए । उनको सोमबार राति उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार राति ११ बजे दुर्घटना भएको थियो ।
महेन्द्रका दुई छोरा रहेका छन् । उनको कान्छा छोरा गोबिन्दालाई विराटनगरका समाजसेवी दिलिप धाडेवाले धर्मपुत्रको रुप पालनपोषण गर्दै आएका छन् ।