News flash

विराटपथ

मंगलबार, बैशाख २०, २०७९

विराटनगर । नपत्याउने गरि राजनीतिमा होमिएकी नितु थापा कोइराला केही महिना अघि मात्र नेपाली कांग्रेस बेलबारी नगरपालिकाको उप सभापतिमा अत्याधिक मत ल्याएर निर्वाचित भइन् ।
कांग्रेसमा नितुको उपस्थितिले केवल, महिलाको प्रतिनिधित्व मात्र गरेको थिएन, युवा पुस्ता राजनीतिक लोकप्रियतालाई उजागर गरेको थियो । जन्मथलोसँगै बेलबारीको माइती नगरमा नितु एक सफल गृहणी, ब्यवसायी, समाजसेवीको रुपमा चित्रण हुँदै गएको थिइन् ।
उनै सफल नारी अहिले बेलबारी नगरपालिकाको राजनीतिमा अग्रणी भूमिकामा देखिएको छन् । कांग्रेसबाट उनी बेलबारीको उपमेयरमा चुनावमा उठेको छिन् । उनी निर्वाचित हुने वा नहुने त्यसको फैसलाको जिम्मा बेलबारीका जनताको हातमा छ । तर पछिल्लो समय उनले बेलबारीमा धेरै अनुकरणीय कार्य गरेकी छन् ।
२०३४ सालमा जन्मिएको नितुको माइती बेलबारी हो । उनको बुवा टंकबहादुर थापा धनकुटाको मुगाबाट करिब ६० बर्ष अघि बेलबारी झरे । थोर बहुत परिवारबाट कांग्रेस बुझेको नितुले शुरुवाती दिनमा राजनीतिमा सक्रिय हुन पाइनन् । साना साना बालबच्चा, पारिवारिक जिम्मेवारी उनको दैनिकी बन्यो । जब उनी आफ्ना जिम्मेवारीबाट सफल हुँदै गईन्, तब उनले समाजसेवालाई अघि बढाइन् ।
‘समाजमा केही गर्ने लक्ष्य थियो । हामीले महिलाको हित र अधिकारका लागि श्रमिक महिला अभियान शुरु गर्यौ । यसले महिलालाई शशक्तिकरणसँगै बिपन्नहरुका लागि सहयोग गर्दै गयो ।’ उपमेयरको प्रत्यासी नितुले विराटपथसँग भनिन्, ‘हामीले विगत ५ बर्षदेखि असहाय, पहँुच नपुगेका महिलाको अधिकार र हितमा काम गर्दै आएका छौ । यहि समाजसेवाको प्रेरणाले राजनीतिमा समाहित गर्ने हौसला मिल्यो ।’
समाजसेवासँगै उनी आफ्नो ब्यवसायीमा सफल महिला हुन । नितुका श्रीमान् बिकास कोइराला बैदेशिक रोजगारीको सिलसिलामा १३ बर्ष पहिले हङकङ पुगे । घर परिवारको जिम्मेवारीको दायित्व उनै हातमा आयो । स – साना छोरालाई हुर्काउँदै उनले चेली च्वाइस कलेक्स नामक कपडा पसल सञ्चालन गरिन् । ‘यो सबै जिम्मेवारी पुरा गर्दै म राजनीतिमा होमिए ।’ उनले भनिन्, ‘समाजसेवाले अझ केही गर्ने हौसला मिलेको छ । त्यसैले म सक्रिय राजनीतिमा आएको छु ।’
बेलबारीलाई सानैदेखि बुझेको नितुको आफ्नै गाँउघरमा केही गर्नुपर्नेमा जोड छ । ‘यो आफ्नै ठाँउ हो, मैले यो गर्छु, त्यस्तो गर्छु भनेर धेरै भनेर नि केही हुन्न । सकेसम्म समाज र आफ्नो ठाँउका लागि गर्ने हो । विकास भनेको शिक्षा हो, मैले महिलाको उत्थानमा जोड दिएको छु ।’ उनले भनिन्, ‘हाम्रा प्राथमिकताका बिषय पार्टीले राखेको छ, त्यो हाम्रो संकल्प हो । त्यस्का अलवा हिजो समाजसेवामा रहँदा मैले जे भूमिका निभाए, निर्वाचित भएपछि पनि मैले त्यहि भूमिका खेल्ने हो । यहिको चेली हुँ, यहि हुर्के, यहि विवाह भयो, सबै संसार मेरो लागि यहि हो । म बेलबारीको खुसी भन्दा अलग रहन सक्दिन् ।’

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल