News flash

विराटपथ

सोमबार, बैशाख १९, २०७९

विराटनगर । दुई दिनदेखि कांग्रेसका नेता बिमलेन्द्र निधि विराटनगरमा छन् । सोमबार साँझ उनी विराटनगरबाट काठमाण्डौ फर्कने कार्यक्रम रहेको छ । यो दुई दिन उनी विराटनगरमा कांग्रेसले आयोजना गरेको करिब आधा दर्जन चुनावी कार्यक्रम सहभागी भए । गृह जिल्ला धनुषालाई भन्दा बढी प्राथमिकता दिएर कस्को आग्रहमा उनी विराटनगर आए त ?
निधि, अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आइतबार नेपाल ट्रेड युनियन कांग्रेस मोरङले आयोजना गरेको एक कार्यक्रममा प्रमुख अतिथि भएर आएका थिए । उनी कांग्रेस नेता डा.शेखर कोइरालाको बिशेष आग्रहमा विराटनगर आएका थिए । कांग्रेस विराटनगर नगर सभापति दीपक चापागाईले भने, ‘वहाँ डाक्टरसाप कै आग्रहमा आउनु भएको थियो । वहाँले पार्टीले आयोजना गरेको बिभिन्न कार्यक्रममा सरिक हुनुभयो ।’
कोइराला मात्र होइन, उनी कांग्रेसबाट विराटनगरको मेयरमा प्रत्यासी नागेश कोइरालासँग पनि निकट छन् । मेयर प्रत्यासी कोइरालाले समेत निधिलाई विराटनगर आएर प्रचारप्रसारमा सहयोग गर्न आग्रह गरेका थिए । निधिले केन्द्रीय सदस्य अमृत अर्यालको गृह वडादेखि विराटनगरको अन्य वडाहरुका चुनावी कार्यक्रममा भाग लिई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले कांग्रेस उम्मेदवारलाई जिताउन कार्यकर्तालाई अपिल गरेका थिए ।
सोमबार काठमाण्डौ फर्कनु अघि निधिले विराटनगर – २, त्यसैगरि वडा नम्बर १८ र १४ का कार्यकर्तासँग भेटघाट गरेका थिए । त्यस्तै वडा नम्बर – ९ मा समेत आयोजना गरिएको कार्यक्रममा उनले सम्बोधन गरेका थिए । निधिले वडा नम्बर – ४ मा रहेका आफ्नो निकटका ब्याक्तिको घरमा समेत केही आफ्ना शुभचिन्तकहरुसँग भेट गरेका थिए । विराटनगरमा मधेशी मुलका मतदाताहरु संख्या अधिक रहेका कारण निधिको प्रभाव पर्न सक्ने भन्दै उनलाई विराटनगर डाकिएको बताइएको छ । हालै सम्पन्न कांग्रेसको महाधिवेशनमा सभापति पदमा निधि र डा.शेखर कोइराला दावेदार थिए । तर दुबै प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवासँग पराजित भए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल