News flash

विराटपथ

आइतबार, बैशाख १८, २०७९

विराटनगर । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आइतबार नेपाल ट्रेड युनियन कांग्रेस मोरङले आयोजना गरेको एक कार्यक्रममा नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र बिमलेन्द्र निधि एकै मञ्चमा देखिए । उनीहरु हालै सम्पन्न कांग्रेसको महाधिवेशनमा सभापतिका दावेदार थिए । तर दुबै प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवासँग पराजित भए ।
सभापतिमा पराजित भएपछि कोइराला र निधिले एकै मञ्च ‘शेयर’ गरेका थिएनन् । तर आइतबार भने निधि प्रमुख अतिथि रहेको कार्यक्रममा कोइराला बिशिष्ठ अतिथिको रुपमा बोल्दै कांग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरे । मजदुर आन्दोलनको सुत्रपात भएको विराटनगरको हडताली हाटमा आयोजित कार्यक्रममा बोल्दै निधिले गठबन्धनको बहसमा नअल्झिई अब सबै निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए ।
चुनावको मुखमा गठबन्धन गर्नु ठीक कि बेठीक भनेर बहस गर्नुको कुनै औचित्य नभएको भन्दै निधिले अब नेपाली कांग्रेसका कार्यकर्ताले मतदाताका घर–घर गएर रुख चिह्नमा भोट माग्नुपर्ने बताए । हरेक स्थानमा कांग्रेस जीत रहेका बताउँदै उनले विराटनगरमा पनि कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरे ।
सो कार्यक्रममा बोल्दै कांग्रेस नेता डा. शेखर कोइरालाले निर्वाचनको स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन सबैलाई आग्रह गरे । ऐतिहासिक सहर विराटनगरमा कांग्रेसले जित हात पारेपछि हरेक वडामा श्रम डेस्क स्थापना गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यहरू महेश आचार्य, अमृत अर्याल, डा.डीला संग्रौला, भीम पराजुली, मेयरका उम्मेदवार नागेश कोइराला र गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका अमरेन्द्र यादवको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल