विराटनगर । पहिलो टी–२० खेलमा नेपाल जिम्बावे ‘ए’सँग पराजित भएको छ । नेपालले दिएको १८२ रनको लक्ष्य पुरा गर्ने क्रममा जिम्बावेले १८ ओभर ५ बलको सामना गरेको थियो । ४ विकेटको क्षतिमा जिम्बावेले १८५ रन बनायो ।
त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको जिम्बावे‘ए’ले १८५ रन बनाउँदै ६ विकेटले पराजित गर्यो । जिम्बावे‘ए’को जितमा टाडिवान्से र टोनी मुन्योङगाले अर्धशतकीय परी खेले । ४१ बल खेलेका टाडिवान्सेले ३ चौका र ३ छक्का प्रहार गरेर ५६ रन बनाए । त्यस्तै २३ बल खेलेका मुन्योङगा ७ छक्का सहित ५० रन बनाए । जिम्बावे‘ए’ का लागि इनोसेन्ट कियाले ४७ नरको योगदान गरे ।
बलिङतर्फ नेपालका लागि बाशीर अहमदले दुई विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र करण केसीले एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो । नेपालका लागि आदिल अन्सारीले सर्वाधिक ४७ रनको योगदान गरे । त्यस्तै कुशल भुर्तेलले ४६ रन बनाए ।