News flash

विराटपथ

आइतबार, बैशाख १८, २०७९

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव छोराको चुनावी प्रचारका लागि विराटनगर आएका छन् । अध्यक्ष यादवका छोरा अमरेन्द्र यादव जसपाबाट विराटनगर महानगरपालिकाको उपमेयरका प्रत्यासी हुन । कांग्रेससँग गठबन्धन गरेर जसपाले विराटनगरमा उपमेयर पदमा उम्मेदवारी दिएको थियो ।
अध्यक्ष यादव दुई दिनदेखि विराटनगरमा भेटघाटमा ब्यस्त छन् । स्थानीय तहको निर्वाचनको माहौल तातेका बेला उनलाई राजनीतिक भेटघाटलाई तिब्रता दिएका छन् । ‘वहाँ दुई दिनदेखि यतै हुनुहुन्छ । राजनीतिक भेटघाट लगायतका प्रचारप्रसारको काममा ब्यस्त हुनुहुन्छ ।’ प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले विराटपथसँग भने, ‘आजपनि वहाँको विराटनगरमा बिभिन्न कार्यक्रम रहेको छ । कार्यक्रमहरु सकेर आजै वहाँ काठमाण्डौ जानुहुन्छ ।’
अध्यक्ष यादवले आइतबार विहान नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालासँग भेटघाट गरेका थिए । खासगरि विराटनगरको चुनावी तालमेलका बिषय र पार्टीबाट खडा भएका उम्मेदवारलाई कसरी बिजय बनाउने भन्ने बिषयमा उनीहरु बीचमा कुराकानी भएको थियो । भेटमा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादव, जसपाका मोरङ अध्यक्ष राजकुमार यादव, उपमेयरका उम्मेदवार अमरेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।
विराटनगरमा कांग्रेस र जसपाबीच चुनावी तालेमेल भएको छ । तर जसपाबाट बिद्रोह गरेर मेयरमा उमेश यादव तथा माओवादी केन्द्रबाट बिद्रोह गरेर उपमेयरमा नमिता न्यौपानेले उम्मेदवार बनेका छन् । दुबै बिद्राही उम्मेदवारले कांग्रेस र जसपाका उम्मेदवारलाई असर गर्न सक्ने उनीहरुको बिश्लेषण रहेको छ ।
उमेश र नमिता २०७४ निर्वाचनमा मेयर र उपमेयरका प्रत्यासी थिए । तत्कालिन संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका उमेशले १४ हजार ९ सय ५८ मत ल्याएका थिए भने माओवादी केन्द्रबाट उम्मेदवार बनेकी नमिताले ११ हजार ५ सय २४ मत ल्याएकी थिइन् ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल