News flash

विराटपथ

आइतबार, बैशाख १८, २०७९

सुनसरी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुप्रति धराने मतदाताको उत्साहपूर्ण मतदान गर्ने अवस्था पाइएको मेयर र उपमेयरका उम्मेदवारले दावी गरेका छन् । मुलुकमा संघीयता आएपछि धरानमा पहिलो पटक लोकतन्त्रवादी र बामपन्थी शक्ति मिलेर धरानलाई नयाँ गति दिने अठोट गरेकाले धरानबासीमा नयाँ उत्साह पाइएको उनीहरुको भनाई छ ।
चुनावी अभियानमा धरानका वडा वडामा जनताको घरदैलोमा पुग्दा मतदाताहरुले उत्साहपूर्ण रुपमा स्वागत गर्दै गठबन्धनप्रति ठूलो आशा र भरोसा रहेको बताएको उम्मेदवारद्वयले बताए । उनीहरुले धरानका ७ वटा वडाहरुमा गठबन्धनका वडा अध्यक्ष, सदस्यहरु सहित घरदैलो पुरा गरिसकेका छन ।
घरदैलो कार्यक्रममा सरिक मेयरका प्रत्यासी किशोर राईले उपनिर्वाचन अघि सम्म लामो समय एउटै पार्टीले हाली मुहाली चलाउँदै आएकोले उपमहानगरपालिकाको नीति निणर्य पारदर्शी नभएको भन्दै जनभावना अनुसारको काम हुन नसकेको बताए । उनले धराने जनताले यसपाली गठबन्धनका उम्मेदवारहरुप्रति उत्साही पाएको बताए । राईले भने ‘धरानको भविष्य बनाउन धराने जनताको चाहनाको प्रतिनिधित्व गठबन्धनले गर्नेछ, हामी भानुचौकमा आम धरानबासीका विच उपमहानगरपालिकाको योजना, नीति, आर्थिक अवस्था सार्वजनिक गर्नेछौं धरानबासीकै चाहना अनुसार नयाँ काम गर्नेछौं ।’
उनले धरान खानेपानी आयोजना धरानका सबै राजनीतिक पार्टीहरुले ल्याएका हुन । आयोजना प्राविधिक रुपमा सम्पन्न नभई सकेको अवस्थाका कारण खानेपानीको समस्यासँग धरानबासीले सामना गर्नु परेको बताए । पछिल्लो समय यसलाई पूर्ण क्षमता सञ्चालन गरी आयोजनको पूर्व घोषित खानेपानी आपूर्तिको लक्ष्य अनुसार वितरणको व्यवस्था गरिने प्रतिबद्धता जनाए । उनले भने ‘उपमहानगरपालिकाको सम्पूर्ण बजेट खानेपानीकै लागि खर्च गर्नुपरे पनि समस्या समाधान गरेर छोडछौ, एक, दुई वर्ष सडक नबन्ला, स सानाका काम नहोला तर खानेपानीको समस्या समाधान गरेरै छाड्छौ ।’ गठबन्धनबाट उपमेयरका प्रत्याशी आइन्द्र विक्रम वेघाले परिवर्तनको पक्षमा रहँदै आएका धराने मतदाताले यसपाली लोकतान्त्रिक र बम गठबन्धनलाई व्यक्ति परिवर्तन भन्दा नेतृत्वमा नयाँ परिवर्तनकारी स्वरुपका रुपमा लिएको बताए । धरानको खानेपानी, सुकुम्बासी समस्या पुरानै छन, उपमहानगर बनेपछि गाभिएका वडाहरुका नयाँ कार्यभार थपिएको बताउँदै भने ‘यस्लाई एउटै पार्टीको नेतृत्वले नयाँ ढंगले समाधान गर्न नसकेकाले गठबन्धनको संयुक्त नेतृत्वप्रति जनतामा नयाँ आशा जागेको देखिएका छ ।’
उनले उपनिर्वाचनले उपमहानगरपालिकाको नेतृत्व परिवर्तन गरेपछि नयाँ ढंगले नीतिगत कामहरु भए तर, आधा कार्यकालका लागि मेयर बनेका तिलक राईले कोविड महामारीको समना गर्नुपरेको सबैलाई थाहा भएको बताए । कोविड महामारीमा राहत र उद्धारमा उदाहरणिय कार्य, विकास, निर्माणमा राजनीतिक पूर्वाग्रह नराखी समान योजनात वितरणका नयाँ काम भएको बताउँदै उनले भने ‘अब त्यो भन्दा गतिशिल र नयाँ ढंगले धरानको खानेपानी सहित विकास, निर्माण र नीति निणर्यलाई हामी अघि बढाउने छौं ।’ वडाहरुमा जनताका घर दैलोमा पुग्दा गठबन्धनप्रति विश्वास प्रकट गर्दै मतदाताहरुले त्यस्तो सुझाव दिएको उनको भनाई छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल