News flash

विराटपथ

शनिबार, बैशाख १७, २०७९

सुनसरी । लामो समय नेपाली कांग्रेस सुनसरीको राजनीतिमा सक्रिय रहे पनि पाँच बर्ष अघि नेकपा एमालेमा प्रवेश गरेका ईन्द्र पोखरेल कांग्रेसमा प्रवेश गरेका छन् । उनी नेकपा एमाले सुनसरीको जिल्ला कमिटि सदस्य थिए । पोखरेलले शनिबार साँझ कांग्रेस नेता डा.शेखर कोइरालासँग अविर लाउँदै कांग्रेस प्रवेश गरेका थिए ।
लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय पोखरेल इनरुवा नगरपालिका वडा नम्बर १ बाट दुई कार्यकाल वडाध्यक्षमा निर्वाचित भएका थियो । अघिल्लो स्थानीय तहको निर्वाचनमा उनी कांग्रेसबाट मेयर पदका दावेदार थिए । तर मेयरमा पार्टीले टिकट नदिएपछि उनी एमालेमा प्रवेश गरेका थिए । यो निर्वाचनमा समेत उनी एमालेबाट मेयरमा दावेदार थिए । तर एमालेबाट उनले टिकट पाएनन् । कानुन ब्यवसायी समेत रहेका पोखरेल इनरुवाका पुराना राजनीतिकर्मी हुन ।
एमालेबाट टिकट नपाएपछि उनले आफु समाजसेवा मै क्रियाशिल रहने बताउँदै आएका थिए । ‘म समाजसेवा मै रहेने सोच थियो । तर सबै साथीहरुले राजनीतिमा सक्रिय हुनुपर्छ भनेपछि मैले कांग्रेसमा आबद्ध हुने निर्णय गरे ।’ कांग्रेस प्रवेशपछि पोखरेलले भने, ‘म आफ्नै घर फर्किएको छु । मेरो कांग्रेस प्रवेशले त्यस्तो धेरै अर्थ नलाग्ला तर अब प्रजातान्त्रिक बिचारले सधै जित्नेछ । अब फेरि कांग्रेसले जित्नेछ । केदारजीले जित्नुहुन्छ ।’
पोखरेलले आफ्नो पूर्ण समर्थन कांग्रेसबाट मेयर पदमा प्रत्यासी बनेका केदार भण्डारीप्रति रहेको बताए । कानुन ब्यवसायी समेत रहेका भण्डारी पोखरेल भन्दा कनिष्ठ हुन । पोखरेलले शनिबार साँझ कोइराला निवास विराटनगरमा नेता डा.कोइरालाको हातबाट टिका लगाएर पार्टी प्रवेश गरेका थिए । सो अवसरमा बोल्दै मेयरका दावेदार भण्डारीले पोखरेलको पार्टी प्रवेशले थप उर्जा मिलेको बताए । निवासमा कांग्रेस समर्थक कानुन ब्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल