रंगली । प्रदेश १ को महत्वपूर्ण तीर्थस्थल मोरङको रंगेलीस्थित संसारी माईस्थान मन्दिरमा हुदै आएको बली पूजा रोकिएको छ । कोरोना भाइरसका कारण संभावित जोखिम कम गर्न भन्दै मन्दिर ब्यवस्थापन समितिले हाललाई बली पूजा रोकेको हो । सो मन्दिरमा अत्याधिक भक्तजनहरुको घुँईचो हुने गर्दछ ।
मन्दिर ब्यवस्थापन समितिले सार्वजनीक सुचना टाँस गर्दै कोरोना भाईरसको जोखिमलाई ध्यान दिदै अर्को सुचना जारी नगरुन्जेल सम्मका लागि बली पुजा रोकेको जनाएको छ । भारतमा समेत कोरोनाको संक्रमण देखिएकाले मन्दिरमा भारत बाट समेत ठुलो संख्यामा भक्तजन आउने गरेकाले र सम्भावित भिड्लाई मध्यनजर गरी मन्दिरमा बली पुजा रोक्नु परेको अध्यक्ष संजिव श्रेष्ठले जानकारी दिए । ्
श्रेष्का अनुसार दैनिक हुदै आएको नियमित पुजा भने रोकिने छैन । मन्दिरमा बली पुजाका लागी शनिवार र मंगलवार हजारौ भक्तहरूको सहभागीता रहने गर्दछ ।