News flash

विराटपथ

शनिबार, बैशाख १७, २०७९

सुनसरी । देशभर स्थानीय तहको निर्वाचनले महौल तातेको बेला बिभिन्न राजनीतिक दलका उम्मेदवारहरु आफ्नो प्राथमिकता र भावी विकासको खाका कोर्न ब्यस्त छन् । कोही नमूना शहरको अवधारणा ल्याउँदै छन् भने कोही नागरिकको मूल समस्यामा केन्द्रीत छन् ।
राजनीतिक दलले समेत आफ्नो घोषणापत्र सार्वजनिक गरेको सन्दर्भमा स्थानीय तहका उम्मेदवारले आफ्नै क्षेत्रको समस्या र महत्वाकांक्षी योजना दिएर मतदाता आर्कषित पार्ने कार्य जारी राखेका छन् । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सुनसरीको रामधुनी नगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवारी दिएका सुदीप अधिकारीले भने ग्रामीण बस्तीमा स्मार्ट भिलेको अवधारणालाई प्राथमिकतामा राखेका छन् ।
सुनसरीको मध्य क्षेत्रमा पर्ने रामधुनी नगरपालिका धार्मिक र प्राकृतिक हिसाबले महत्वपूर्ण मानिन्छ । गाँउहरुको शहर रामधुनीमा मेयरका प्रत्यासी अधिकारीले आफु निर्वाचित भए सो अवधारणा कार्यान्वयन गर्ने बताए । ग्रामीण क्षेत्रबाट विकासको शुरुवात गर्ने अवधारणाका साथ सवै ग्रामिण वस्तीहरुमा सडक, सञ्चार, खानेपानी, इन्टरनेट, विद्युत लगायतका पूर्वाधारको विकास गरी स्मार्ट भिलेजको अवधारणा कार्यान्वयन गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ ।
हालसम्म राजनीतिक दलले तयार पारेका घोषणपत्रमा रामधुनीबासीको हक हितमा काम गर्ने भनेर घोषणा गरेपनि त्यस अनुसारको कार्य हुन नसकेको अधिकारीले आरोप लगाए । ‘निर्बाचन पछि निर्वाचित जनप्रतिनिधिले त्यस अनुसारको कुनै काम गर्न सकेनन् ।’ अधिकारीले भने, ‘यस अर्थ अब नागरिकले परिवर्तन खोजेका छन् । त्यो परिवर्तन कांग्रेसले गर्छ, हामी गछौ ।’ उनले आफु सुधारको पक्षमा रहेको र त्यो गरेर छाड्ने दावी गरे ।
मेयरको उम्मेदवार अधिकारीले करको विद्यमान दायरालाई फराकिलो बनाउँदै रामधुनीको विकासमा संघ र प्रदेशसँग सहकार्य गरेर ग्रामीण वस्तीहरुमा स्मार्ट भिलेजको अवधारणा कार्यान्वयन गर्ने बताए ।
अधिकारीले पाँच वर्षमा रामधुनीमा अस्पताल, शिक्षा क्षेत्रमा सुधार, विपन्न समुदायका बालबालिकालाई शिक्षामा सहज पहुँच, खाली जग्गाहरूमा बिभिन्न संरचना निर्माण, रामधुनी मन्दिरको प्रचारप्रचार, बिभिन्न जातिको धार्मिक तथा संस्कृतिको सङ्ग्रग्रहालय निर्माण र ग्रामिण वस्तीहरुमा स्मार्ट भिलेजको अवधारणामा आफ्नो जोड रहने बताए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल