News flash

विराटपथ

शुक्रबार, बैशाख १६, २०७९

विराटनगर । पूर्व सूचना बगेर बिद्युत आपूर्ति अवरोध भएको प्रति नीजि क्षेत्रका संस्थाहरुले आपत्ति प्रकट गरेका छन् । विराटनगरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश १ ले विरोध जनाएका हुन ।
उक्त संस्थाहरुले विगत केही दिनदेखि पूर्व सूचना बेगर औद्योगिक क्षेत्रमा १२ घण्टा भन्दा बढी विद्युत आपूर्ति अवरोध हुदै आएको, गएको दुई दिनदेखि २४ सै घण्टा विद्युत आपूर्ति ठप्प भएको जनाएका छन् । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले उद्योग क्षेत्रमा बिद्युत आपूर्ति नहुँदा करोडौ क्षति हुने बताउँदै यसको समाधानका लागि सम्बन्धित निकायको ध्यान आकृष्ट गराए ।
उद्योग सञ्चालनमा अक्सिजनको भूमिका निर्वाह गर्ने विद्युतको निरन्तर आपूर्तिलाई प्राधिकरणको प्रतिष्ठा मै प्रश्न चिन्ह लाग्ने गरि कुनैपनि तालिका सार्वजनिक नगरी पटक पटक आपूर्ति वन्द गरिदिँदा उत्पादनको क्रममा रहेका कच्चा पदार्थहरु खेर गएको उनीहरुको भनाइ थियो । सो कारणले श्रमिकहरुको व्यवस्थापनमा समेत कठिनाई उत्पन्न भएकोमा उनीहरुले चिन्ता ब्यक्त गरे ।
यहि अवस्था यथावत रहेमा अति आवश्यक वस्तु लगायत सम्पूर्ण उत्पादन प्रक्रिया ठप्प भई आपूर्तिमा अबरोध हुने तर्फ ध्यान दिन सम्बन्धी निकायलाई आग्रह गरे । पत्रकार सम्मेलनमा अध्यक्ष रिजाल, नेपाल उद्योग परिसंघ, प्रदेश १ का अध्यक्ष भीम घिमिरे र उद्योग संगठन मोरङका कार्यवहाक अध्यक्ष प्रदिप मुरारकाले बोलेका थिए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल