News flash

विराटपथ

शुक्रबार, बैशाख १६, २०७९

विराटनगर । स्थानीय तहको निर्वाचनमा मोरङको रंगेली नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल भएको छ । उम्मेदवार फिर्ता लिने अन्तिम दिन शुक्रबार दुई दलबीच तालमेल भएको हो । यसअघि दुबै दलले मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएका थिए ।
सहमति अनुसार मेयर पदमा जसपाले कांग्रेसका उम्मेदवारलाई सघाउने र उपमेयरको उम्मेदवारी दिएको जसपालाई कांग्रेसले सघाउने सहमति भएको छ । शुक्रबार भएको सहमति अनुसार जसपाले मेयरको उम्मेदवारी फिर्ता लिएको छ भने कांग्रेसले उपमेयरको उम्मेदवारी फिर्ता लिएको छ । दुई दलीय गठबन्धनपछि उपमेयर पदमा कांग्रसबाट उम्मेदवारी दिएकी कौशल्यादेवी मण्डलले उमेदवारी फिर्ता लिएकी छन् । त्यस्तै जसपाबाट मेयरमा उम्मेदवारी दिएकी नविताकुमारी मण्डलले उम्मेदवारी फिर्ता लिएकी छन् ।
दुई दलीय गठबन्धन मा कांग्रेसका तर्फबाट जिल्ला प्रतिनिधि गोपाल सिंह राजभण्डारी, महासमिति सदस्य रामनारायण मण्डल, नगर सभापति जर्गनाथ मण्डल र जसपाको तर्फ बाट केन्द्रिय सदस्य तथा रंगेली नगरपालिका प्रतिनिधि प्रेमनारायण थापाले समन्वय गरेका थिए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल