सुनसरी । नेकपा एमालेबाट धरान उपमहानगरपालिकाको मेयरका उम्मेदवार मञ्जुु भण्डारी र उपमेयर पदम इस्वो शुुक्रबार धरान–१६ को घर दैलो अभियानमा थिए । भोट माग्दै जाने क्रममा मतदाताले मन्जुु भण्डारीको छेउमै गएर भने ‘धरानमा धेरै कामको सुुरुवात गरेकी छौ, काम गर्ने तरिका पनि सिक्यौ, अब जितेर गएपछि सबै योजना पुुरा गर्नुु ।’ उनले आफ्नो सुझाव थप्दै भने, ‘बेलाबेला कर्मचारीले दुुख दिने गरेका छन् त्यतापनि ध्यान दिने गर्नुु ।’
अर्की मतदाताले पनि भनिन् ‘अब पिच बाटो मात्र हैन हाम्रा छोराछोरीले पैसा कमाउने प्रकारका योजना ल्याउनुु पर्छ ।’ एकजना युुवाले उपमेयरका उम्मेदवार पदम इस्वोलाई भने ‘दाई तपाई त वकिल हो, जनतालाई भेदभाब नगरी काम गर्नुु होला ।’ अहिले एमालेको घरदैलो अभियानमा उम्मेदवारले मतदातासँग सुुझाब लिने र भोट माग्ने कार्य गर्दै आएका छन् ।
‘धेरै मतदातालाई भ्रम छर्ने काम भएको रहेछ हामीले मतदातालाई बास्तविकता बुुझाएका छौ’ मेयरकी उम्मेदवार भण्डारीले भनिन् ‘आरोप लगाउनेसँग प्रमाण मागिदिनुु होला भनेको छुु ।’ हिजोका दिनमा बोलेका सबै काम पुुरा गर्न सकिन होला, अबको पाँच बर्षमा धरानलाई उत्कृष्ट बनाएर देखाउछुु भनेर प्रतिबद्धता जनाएकी छुु’ उनले भनिन् ।
उपमेयरका उम्मेदवार पदम इस्वोले अब धरानलाई भौतिक तथा आर्थिक रुपमा विकास गर्न एमालेले बनाएको निती अनुुसार विकास गर्ने बताए । ‘धरानका सुुकुम्बासीलाई नगरबासी बनाउने अभियान हामीले नै सुरु गरेका छौ, अबको पाँच बर्षमा त्यो पुुरा गर्छौ’ उनले भने ।