News flash

विराटपथ

शुक्रबार, बैशाख १६, २०७९

विराटनगर । नेपाली कांग्रेसबाट विराटनगरका मेयरमा उम्मेदवारी दिएका नागेश कोइरालाले आफू विजयी भए ५० युनिटसम्म विद्युत महशुल मिनाहा गरिदिने बताएका छन् ।
नेपाली कांग्रेस वडा नम्बर विराटनगर १२ समितिले आयोजना गरेको घरदैलौ कार्यक्रममा कोइरालाले विपन्न र ५० युनिटसम्म विद्युत खपत गर्ने महानगरबासीको महशुल मिनाहा गर्ने बताए ।
उनले भने, ‘मेयरमा विजयी भएर आए भने ५० युनिटसम्म विद्युत खपत गर्नेहरुको शुल्क महानगरले व्यवस्थापन गरिदिने छ । यसको लागि स्पष्ट खाका र कार्यक्रम तय गरिने छ ।’
उनले नीजि क्षेत्रबाट सञ्चालित अस्पताल सरह सुविधा दिने अस्पताल महानगरले सञ्चालन गर्ने बताए । सो अस्पतालले नगरवासीलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने दाबी कोइरालाको थियो । नगर अस्पताल आफ्नो डिम प्रोजेक्ट रहेको उनले बताए ।
उनले विराटनगरका वडा नम्बर १, ३, ४, ५ र १२ नम्बर वडाका स्थानीयसँग अन्तरक्रिया र घरदैलो कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

 

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल