एमालेबाट सागर थापाले मेयरमा पाए टिकट

Logo
सोमबार, बैशाख १२, २०७९

विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरमा सागर थापालाई उम्मेदवार बनाउने भएको छ । निक्कै लामो रस्साकस्सीबीच एमालेको विराटनगर नगर कमिटि अध्यक्ष समेत रहेका थापालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिएको हो । यसैगरि उपमेयरको टिकट भने शिल्पा निरौला कार्कीले पाएकी छन् ।
नगर कमिटिले केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेत र महेश भट्टराई र महानगर कमिटि अध्यक्ष सागर थापाको नाम सिफारिस गरेको थियो । त्यस्तै प्रदेश कमिटीले भने केन्द्रीय सदस्य जीवन घिमिरेको नाम समेत पठाएको थियो ।
त्यसै गरी उपमेयरमा शिल्पा कार्की, विमला दाहाल (घिमिरे) र अन्जु उपाध्याय (शिवा) को नाम सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]