News flash

विराटपथ

बिहिबार, चैत्र ०६, २०७६

विराटनगर । नेपाली सेनाले मोरङको टाँडीमा प्रदेश स्तरीय क्वारेन्टाइन स्थल तयार पारेको छ । प्रदेश सरकारले केही दिन अघि मात्र मोरङको टाँडी र सुनसरीको श्रीलंका टप्पुमा क्वारेन्टाइन स्थल बनाउने घोषणा गरेको थियो । एक हजार क्षमताको क्वारेन्टाइन बनाउने घोषणा गरेपनि नेपाली सेनाले टाँडीमा भने दुई सय जना अट्न सक्ने क्वारेन्टाइन स्थल निर्माण गरेको हो ।
नेपाल सेनाले पहिलो चरण अन्तरगत दुईसय क्षमताको क्वारेन्टाइनस्थल तयार पारेको जनाएको छ । टाँडीस्थित नेपाली सेनाको सूर्यदल गणको परिसरभित्र करिव ४ विघा क्षेत्रफलमा सो क्वारेन्टाइनस्थल निर्माण भएको हो । सेनाले टेण्ट, वेडलगायतका सामग्री प्रयोग गरी एकै दिनमा क्वारेन्टाइनस्थल तयार पारिएको जनाएको छ ।
मानव वस्ती भन्दा केही पर मात्र रहेको फराकिलो चौरमा निर्माण गरिएको सो क्वारेन्टाइनस्थलको टेन्ट भित्र दुईवटा बेड छन् । क्याम्पभित्र दुई मिटरको फरकमा ती वेडहरु राखिएको छ । टेन्टमन मोवाइल चार्ज, बत्ती, पंखालगायतका आवश्यक सामाग्री पनि उपलब्ध छन् । नेपाली सेना आवश्यक परेको खण्डमा टाँडीको सोही स्थानमा थप २ सय र सुनसरीको सप्तकोशीस्थित श्रीलंका टप्पुमा २ सय क्षमताका क्वारेन्टाइनस्थल बनाउने योजना बनाएको छ ।
सो स्थलमा २५ वटा शौचालय र बाथरुम निर्माण गरिएका छन् । प्रत्येकमा चारजनाको दरले शौच जाने र नुहाउने सकिने छ । खानेपानी पनि सबैका लागि अलग–अलग व्यवस्था समेत गरिएको छ । सेनाले कोरोना आशंका गरिएकाहरुका लागि चिकित्सकको टोली पनि तयार अबस्थामा राखेको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल