News flash

विराटपथ

आइतबार, बैशाख ११, २०७९

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा आसन्न स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको उम्मेदवारमा प्रल्हादप्रसाद साहलाई उठाउने भएको छ । अर्का आकांक्षी दिलीप धाडेवा र साहबीच को उम्मेदवार हुने भन्ने सकस देखिएपनि अन्तत साहको नाममा सहमति जुटेको हो ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार साहको नाममा सहमति जुटेको हो । ‘फाइनल नाम वहाँ कै हो । कार्यकर्ताको दवाव र इच्छा अनुसार साहलाई नै मेयरको उम्मेदवार बनाउँदै छौ ।’ प्रवक्ता श्रेष्ठले टेलिफोन संवादमा भने, ‘धाडेवाजी पनि सहमत भएको भन्ने हामीले बुझेका छौ । पार्टीले साहलाई नै सिफारिस गर्नेछ ।’
साह राप्रपाका महामन्त्री हुन । धाडेवा भने भर्खर कांग्रेस परित्याग गरेर राप्रपामा प्रवेश गरेका नेता हुन । श्रेष्ठका अनुसार आज दिउँसोसम्म महानगरदेखि अन्य तहका उम्मेदवारको टुंगो लाग्ने र आजै दिउँसो ३ देखि अपराह्न ४ बजेको समयमा मनोनयनपत्र दर्ता गराउने बतए ।
साहले समेत आफु उम्मेदवार भएको बताउँदै सबैको इच्छा अनुसार उम्मेदवारी दर्ता गर्न लागेको विराटपथलाई बताए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल