विराटनगर । नेपाली कांग्रेसको भातृ संस्था नेविसंघबाट राजनीति शुरु गर्दै पछिल्लो समय जनता समाजवादी पार्टीमा आबद्ध विराटनगरका उमेश यादवले सो पार्टी परित्याग गरेका छन् । विराटनगरको मेयरका दावेदार रहेका यादवले गठबन्धनको नाममा पार्टीले आफुमाथि अन्याय गरेको बताउँदै पार्टी छोडेको घोषणा गरेका हुन ।
विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले गठबन्धन गर्ने निर्णय गलत भएको बताउदै सोही कारण जसपा त्यागेर आफु स्वतन्त्र हुने बताए । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा जसपाबाट मेयरमा लडेर तेश्रो भएका थिए ।