News flash

विराटपथ

शनिबार, बैशाख १०, २०७९

विराटनगर । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालाको नाम लगभग सहमति नजिक पुगेको छ । उनी नेपाली कांग्रेस मोरङका उप सभापति हुन । कोइरालाको पक्षबाट कांग्रेस नेता डा.शेखर कोइरालाले लबिङ गर्दै आएका थिए ।
मेयरमा कोइरालासँगै बर्तमान मेयर भीम पराजुली र कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालबीच कडा प्रतिष्पर्धा रहेको थियो । पराजुलीको पक्षमा नेता कृष्ण सिटौला र अर्यालको पक्षमा पार्टी अध्यक्ष शेरबहादुर देउवाले लबिङ गर्दै आएका थिए ।

कांग्रेस विराटनगरका नगर सभापित दीपक चापागाईले मेयरमा कोइरालाको नाम सिफारिस गरिएको बताए । ‘आधिकारिक रुपमा जानकारी आउन बाँकी छ । बिज्ञप्ति मार्फत जानकारी आउँला ।’ चापागाईले विराटपथसँग भने, ‘टिकट नागेशजीले पाउनु भएको जानकारी हामीले पाएका छौ ।’
यता दावेदार कोइरालाले भने आफ्नो पक्षमा माहोल बन्दै गएको र केही समयपछि उम्मेदवारीको टुंगो लाग्ने बताए । ‘अहिले नै टिकट पाए भन्न हतार होला तर मेरो नाममा सहमति हुने संम्भावना छ ।’ उनले भने ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल