पवन सुरानाले राप्रपा रोजे

Logo
सोमबार, बैशाख ०५, २०७९

विराटनगर । विराटनगरमा निक्कै लोकप्रिय पवन सुराना राप्रपामा प्रवेश गरेका छन् । मारवाडी समूदायका सुराना समाजसेवामा समेत सक्रिय छन् ।
हाल सम्म कुनै राजनीतिक दलमा आबद्ध नरहेका सुरानाले राप्रपा प्रवेश गरेको विराटपथसँग स्वीकारे । उनले आफुलाई राप्रपाका स्थानीय नेताहरुले लामो समयदेखि राप्रपा प्रवेशका लागि आग्रह गरेको बताउँदै हिन्दु धर्मको पक्षमा राप्रपाले लिएको अडानले आफु प्रभावित भएको बताए ।
धार्मिक कार्यमा समेत सक्रिय सुराना अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको वडा नम्बर २ बाट वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदारवारको रुपमा खडा भएका थिए । उनी नेकपा एमालेका उम्मेदवार कुमार पोखरेलसँग ४७ मतले पराजित भएका थिए ।
राप्रपाका नेता नरेश राईले सुरानाको पार्टी प्रवेशले नयाँ उत्साह थपेको बताए । राईले सुराना आफ्नो वडामा लोकप्रिय भएको वताउँदै आउने स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको रुपमा खडा हुने उल्लेख गरे । सुरानाले समेत आफुले पुन वडाध्यक्षको तयारी गरेको जनाउँदै यस पटक सबैको सहयोग मिल्ने बिश्वास ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]