विराटनगर । पछिल्लो समय पूर्व क्षेत्रमा लागुपदार्थ ब्राउन सुगरको प्रयोग बढ्दै गएको छ । ब्राउन सुगरको बढ्दो प्रयोगसँगै यसको कारोबारबाट संलग्नहरु पनि धमाधम पक्राउ पर्दै गएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले लागु पदार्थ गाँजा र ब्राउन सुगरसहित मोरङको कटहरीबाट दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार रङ्ग कटहरी गाँउपालिका –४ स्थित महेन्द्र साहको घरबाट उनको श्रीमति ३५ बर्षिया किरण साह र सोही गाँउपालिका बस्ने ३२ बर्षिय सजिर सेख पक्राउ परेका हुन । बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले साहको घरमा सजिर सेखले फलामको सानो खल बुच्चा (वख्ली) भित्र प्लाष्टिकको झोलामा लागू औषध गाँजा ३१० ग्राम फेला परेको थियो ।
प्रहरीका अनुसार सजिर सेखको शरीर खानतलासी गर्दा उनको साथबाट कागजमाा पोका पारेर लुकाई राखेको १६० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । प्रहरीले दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ ।