विराटनगर । दीपेन्द्रसिंह ऐरीले सानदार अलराउन्ड प्रदर्शनसँगै नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला आफ्नो हातमा परेको छ । नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित ग¥यो ।
नेपालको जीतमा दीपेन्द्रसिंह ऐरीको प्रर्दशन उच्च रहेको थियो । दीपेन्द्रले कसिलो बलिङ गर्दै पीएनजीको ४ विकेट लिएपछि नेपालको जीत सहज भएको थियो । नेपालले दिएको १ सय ६९ रनको विजय लक्ष्य पीएनजी १६.१ ओभरमा १ सय १८ रनमा समेटियो । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टिमका लागि दीपेन्द्रका अतिरिक्त करण केसीले ३ ओभरमा २७ रन खर्चेर ३ र कप्तान सन्दीप लामिछानले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।
पीएनजीका लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए । उनले ३८ बल खेली १ चौका र ६ छक्का प्रहार गरे । यसअघि पीएनजीले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णयमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६८ रन बनाएको थियो ।
ओपनर कुशल भुर्तेलले २२ बलमा २५ रन बनाए । उनले ५ चौका प्रहार गरे । रोहित पौडेल २ रनमै आउट भए पनि दीपेन्द्रसिंह ऐरी र आसिफ शेखको जोडीले नेपालको सम्माजनक स्कोर बनेको थियो । नेपालका लागि दीपेन्द्रले सर्वाधिक ५४ रन बनाए । उनले ३८ बल खेली ५ चौका प्रहार गरे । आफ्नो इनिङ्सका क्रममा दीपेन्द्र ट्वान्टी २० अन्तर्राष्ट्रियमा एक हजार रन पुरा गर्ने खेलाडी बने ।
दीपेन्द्र र करण केसीले २४ बलमा ५४ रनको अविजित साझेदारी गरे । करण १२ बलमा ५ चौका र १ छक्का प्रहार गरी ३३ रनमा अविजित रहे ।