News flash

विराटपथ

आइतबार, चैत्र २०, २०७८

विराटनगर । विराटनगर महानगरपालिकाले नयाँ प्रशासकीय भवन बनाउने भएको छ । १४ करोड ६३ लाख ५५ हजार ५ सय ९० रुपैयाँको लागतमा बन्ने सो भवनको आइतबार शिलन्यास गरिएको छ ।
विराटनगर महानगरपालिका–७ स्थित ६ कठ्ठा क्षेत्रमा बन्ने नयाँ प्रशासकीय भवनको महानगरपालिका प्रमुख भीम पराजुलीले शिलन्यास गरे । ४५ हजार वर्गफिटमा उक्त भवन निर्माण हुने इन्जिनियर अर्जुन थापाले जानकारी दिए । फ्रेम स्ट्रक्चरमा निर्माण हुने उक्त भवनमा लिफ्टसहित तीन सय जना अट्ने सभाकक्ष पनि रहनेछ । कालिगण्डकी÷अबिस ÷बिकोन जेभिले आगामी दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । महानगरका प्रमुख पराजुलीले भवनको शिलन्यास गर्दै भीडभाड रहित ढङ्गले सेवाग्राहीले सेवाप्राप्त गर्नुका साथै राजश्व वृद्धिमा नयाँ भवनबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यसैगरी जनसहभागिता सहयोगमा विराटनगर विमास्थल जाने पाँच सय मिटर सडकको शौन्दर्यकरण कार्यको महानगर प्रमुख पराजुली र उपभोक्ता समितिका अध्यक्ष पुण्य भट्टराईले संयुक्त रूपमा शिलन्यास गरे । उक्त क्षेत्रमा ३० वटा ट्रोल लाइटिङ्ग सहित ह्याङ्गीङ गार्डेन, अपाङ्ग मैत्री दुवै क्षेत्रमा दुई फिट एकनासको स्ल्याप, प्लान्टेशन, जेब्रा क्रस निर्माण हुने महानगरपालिकाका पुनम दाहालले जानकारी दिए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल